नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् ।
मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा वि.संं.२०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।
वि.संं.२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा आयोजित जमघटमा गोलीचल्दा तात्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शारदा र शान्ति र शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाई धीरेन्द्र र कुमार खड्ग विक्रमको मृत्यु भएको थियो ।
त्यस्तै उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने तथा छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने निर्णय पनि गरेका छन् ।







