झापाको बिर्तामोडमा विषादी तथा फोहोरमैला व्यवस्थापन सम्वन्धि विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको छ ।
अन्तराष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर सहारा नेपाल बिर्तामोड-२ चारपाने र मनकामना कलेज एण्ड सेकेण्डरी स्कूलको संयुक्त आयोजना तथा ग्लोवल लर्निङ ल्यावको सहयोगमा शुक्रबार लिडरसिप एकाडेमी कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम गरिएको हो ।
मनकामना कलेज एण्ड सेकेण्डरी स्कूलका कक्षा ८ र ९ मा अध्ययनरत एक सय बढी विद्यार्थीलाई सचेतना कार्यक्रम अन्तरगत प्रशिक्षण दिइएको हो ।
स्कूलका प्रधानाध्यापक केशव ढुङ्गानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहारा नेपालका कृषि विज्ञ राजेन्द्रप्रसाद खरेलले सचेतना कायक्रमको सहजीकरण गरेका थिए ।
सचेतना कार्यक्रम अन्तरगत विशेष गरेर बालबालिकाहरुलाई विषादीले गर्ने असर र त्यसलाई न्यूनिकरण गर्ने उपायका विषयमा जानकारी गराइएको थियो ।
फोहोर व्यवस्थापन सम्वन्धि कुहिने फोहोरबाट प्राम्भीक मल बनाउने तरिकाका विषयमा कृषि बिज्ञ खरेलले जानकारी दिएको कार्यक्रमको सञ्चालन सहारा नेपाल लिडरसिप एकाडेमी कार्यक्रम संयोजक कुसुम उप्रेतीले गरेकी थिइन् ।







