सर्वोच्च अदालतले सीमा नाकामा १ सय रूपैयाँभन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
१ सय रूपैयाँभन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यावहारिक भन्दै दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेश जारी भएसँगै अब सीमापारिबाट तरकारी, औषधि, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ ।
Advertisement
यसअघि अर्थ मन्त्रालयले १ सय रुपैयाँ मूल्य माथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई-मधेश क्षेत्रका सीमानाकामा कडाइ हुन थालेको थियो ।







