मेची उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: खेमराज प्रसाईं विजयी भएका छन् ।
आज सम्पन्न मतगणनामा प्रसाईंले ७७३ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी किशोर क्षेत्री (कपिल) ले ७३३ मत प्राप्त गरेका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रसाईं प्यानलका आनन्द खड्काले ७५२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी भूमी पौडेलले ७४५ प्राप्त गरेका थिए ।
उद्योग उपाध्यक्षमा क्षेत्री प्यानलका हरिप्रसाद कोईरालाले ७९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रसाईं प्यानलका भीमबहादुर कुवँरले ६४२ मत ल्याएका थिए ।
वाणिज्य उपाध्यक्षमा क्षेत्री प्यानलकै सन्तोस खवासले ८०७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रतिस्पर्धी प्रसाईं प्यानलका नरबहादुर थापा (तिलक) ले ६२१ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला उपाध्यक्षमा प्रसाईं प्यानलकी उषा श्रेष्ठ ७८० मत ल्याएर विजयी हुँदा क्षेत्री प्यालनका सुन्दरीकुमारी श्रेष्ठले ६५५ मत प्राप्त गरेकी थिइन् ।
त्यसैगरी महासचिवमा क्षेत्री प्यानलका ध्रुव कनाल ७२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रसाईं प्यानलका दिनेश शाक्यले ७२० मत पाएका थिए ।
त्यस्तै महिला सदस्य तर्फ दुवै जना क्षेत्री प्यानलबाट विजयी छन् । चम्पा नेम्वाङले ७५२ र कल्पना प्रसाईंले ७४१ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यमा प्रसाईं प्यानलका मीरा कार्कीले ५६९ र रमा आचार्यले ५५३ मत ल्याएका थिए ।
त्यसैगरी खुला सदस्य तर्फ आठ जना मध्ये क्षेत्री प्यानलका पाँच जना र प्रसाईं प्यानलका तीन जना विजयी भएका छन् । विजयी हुनेमा क्षेत्री प्यानलका अर्जुन तिवारी, आशिस संग्रौला, तारा श्रेष्ठ, राजेशकुमार बंशल र जयकुमार श्राफ छन् भने प्रसाईं प्यानलका सचिन निरौला, खिरोज बराल र दिनेश पोखरेल विजयी भएका छन् ।







