झापा बिर्तामोडको पहिचान मुक्ति चोकको शालिक भत्काइएको छ ।
एसियन हाइवे निर्माणका क्रममा शनिबार राति सो शालिक हटाइएको हो ।
२०६२-०६३ को जनआन्दोलनको बलमा देशमा गणतन्त्र आएपछि जनताले राजतन्त्रबाट मुक्ति पाएको प्रतीकको रुपमा बिर्तामोडको मुक्तिचोकमा सो शालिक निर्माण गरिएको थियो ।
Advertisement
शालिकलाई भत्काएर बिर्तामोड नगरपालिकामा लगेर राखिने एसियन हाइवे लौकही काँकडभिट्टा पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए ।







