मेची उद्योग बाणिज्य संघको चुनाव शनिबार हुँदैछ ।
संघको चुनाव आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पासाङ ह्यामु स्मृति जेसीज प्रतिष्ठान (टाउन) हलमा हुनेछ ।
संघको तीन वर्षे कार्यकालका लागि १६ जनाको कार्यसमिति बन्ने छ ।
Advertisement
व्यवसायीहरूको दुई प्यानल एउटा साझा र अर्को समावेशी व्यवसायीको प्यानल चुनावी मैदान छन् । साझा व्यवसायी समूहमा खेमराज प्रसाईंले नेतृत्व गरेका छन् भने समावेशी व्यवसायी प्यानलबाट किशोर क्षेत्री (कपिल) ले नेतृत्व गरेका छन् ।
संघमा जम्मा दुई हजार ७४ जना मतदाता रहेमा छन् ।







