• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधाराले तीन वटा वडाका अतिक्रमित जग्गा खाली गराउने


  •    संवाददाता/ बिहिबार, बैशाख २४, २०८३  

  • झापाको अर्जुनधारा नगरपालिकाले तीन वडा वडामा अतिक्रमित सरकारी जग्गा खाली गर्ने भएको छ ।

    नगरले नेपाल सरकारवाट स्वीकृत शासकीय सुधार सम्वन्धि १०० कार्यसूचीको बुँदा नं ९२ मा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने भएको हो ।

    Advertisement

    नगरले ‘नयाँ अतिक्रमण कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्ने’ उल्लेख भएको अवगतै भएको जनाउँदै बिहीवार नगरका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे एक सूचना जारी गरेका छन् ।

    Advertisement

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा स्थानीय तहले सार्वजनिक ऐलानी र पर्ती जग्गा सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्ने दायित्व तोकेको सूचनामा उल्लेख छ ।

    यसै क्रममा अर्जुनधारा नगरपालिकाका नाममा दर्ता कायम भएका सरकारी जग्गाहरु अन्तर्गत अर्जुनधारा अर्जुनधारा-८ स्थित हाल शनिश्चरे बजारको सब्जी बजार, अर्जुनधारा-३ खुदुनावारी बजार पशुहाट र वडा नं.७ गोसखान क्षेत्रको सरकारी जग्गामा समेत अनाधिकृत संरचनाहरु बनेको पाइएकोले नगर कार्यपालिकाको बैशाख १७ गतेको बैठकबाट अतिक्रमित सरकारी जग्गा खाली गर्ने सम्बन्धमा भएको निर्णय बमोजिम सरकारी जग्गामा बनेका अनाधिकृत संरचनाहरु १५ दिन भित्र हटाई उक्त सरकारी जग्गा खाली गरिदिन अनुरोध गरिएको छ ।

    तोकिएको अवधि भित्र उक्त सरकारी जग्गाहरु सम्बन्धित व्यक्तिवाट खाली नगरेमा प्रचलित कानून अनुसार आवश्यक कारवाही हुने जारी सूचनामा भनिएको छ । हाल शनिश्चरे बजारको खुला क्षेत्रमा सागसब्जी व्यवसाय गरिरहेका इच्छुक व्यवसायीहरुका लागि यस नगरपालिकावाट निर्मित नयाँ कृषि बजारमा सुपथ भाडादरमा सटर उपलब्ध गराइने समेत सूचनामा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.