किरात याक्थुङ चुम्लुङ मेचीगर समितिका जग्गादाता स्व.क्याप्टेन डम्बरबहादुर इधिङ्गोको ९औं स्मृति दिवस मनाइएको छ ।
किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिका अध्यक्ष बिरबहादुर बेघाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति सदस्य धनप्रसाद केरुङ रहेका थिए ।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला उपाध्यक्ष हस्त आङ्देम्बे, किरात याक्थुङ चुम्लुङ झापा जिल्ला पूर्व अध्यक्ष भरत आङ्देम्बे, जग्गादाता मैतमाया माबो इधिङ्गो, किरात याक्थुङ चुम्लुङ मेचीनगर पूर्व अध्यक्ष हर्क फियाक, दिदिप आङ्देम्बे, मेचीनगर नगरपालिका वडा नंं.८ का वडा सदस्य मिनमाया लिम्बु लगायतको आतिथ्यता रहेको थियो ।
स्मृति दिवसमा २०८१ सालको एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई ५ हजार नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा सनम लिम्बू र सोनिहाङ बेघा लिम्ब रहेका छन् ।
कार्यक्रममा झापा जिल्ला पूर्व अध्यक्ष भरत आङ्देम्बे, झापा जिल्ला उपाध्यक्ष हस्त आङ्देम्बे, किरात याक्थुङ चुम्लुङ मेचीनगर पूर्व अध्यक्ष हर्क फियाक, किरात याक्थुङ चुम्लुङ मेचीनगर-१४ का अध्यक्ष तेजबहादुर कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ओम प्रकाश खापुङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव राजेन्द्र इधिङ्गोले गरेका थिए ।







