• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तपाईंको बच्चामा छिटो रिसाउने र एक्लै बस्न मन पराउने बानी छ?


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०१, २०८३  

  • हामीमध्ये धेरैलाई बच्चालाई पनि डिप्रेसन हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । घर-व्यवहार तथा करियरको चिन्ता ठूला मान्छेलाई मात्र हुने भएका कारण हामीलाई त्यस्तो लागेको हो । यद्यपि बालबालिकालाई पनि डिप्रेसन हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

    बालबालिकामा डिप्रेसन देखिएपछि त्यसको उपचार बाल मनोचिकित्सकबाट मात्रै सम्भव हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् । अहिलेको अवस्थामा बच्चाहरू पनि डिप्रेसनको सिकार हुन सक्ने उनको दाबी छ ।

    Advertisement

    उनीहरूमा निरन्तर उदासी, दैनिक क्रियाकलापमा अरुचि, छिटो रिसाउने, एक्लै बस्न मन पराउने, थकान र पढाइमा खराब प्रदर्शन जस्ता लक्षणहरू देखिएमा डिप्रेसन हुन सक्छ। समयमै उपचार नभएमा यसले गम्भीर रूप लिन सक्छ ।

    Advertisement

    बच्चामा डिप्रेसनका लक्षणहरू:

    खानपिन, पढाइ वा खेलकुदमा खासै रुचि नदेखाउने ।

    अनावश्यक खुसी हुने वा दुखी हुने ।

    सधैँ मुड खराब रहनु वा अक्सर रिसाइरहनु ।

    परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने ।

    बेचैन रहने ।

    धेरै घबराउनु ।

    विद्यालयमा अरूसँग घुलमिल नहुनु ।

    एकान्तमा बस्न रुचाउनु ।

    डिप्रेसन हुनुका कारणहरू:

    घरेलु वातावरण: आमाबुबाको झगडा वा घरेलु कलहको प्रत्यक्ष असर ।

    तनाव: विद्यालयको दबाब, साथीभाइको सङ्गत वा दुर्व्यवहार ।

    वंशानुगत: परिवारमा कसैलाई डिप्रेसन भएको इतिहास भएमा ।

    उपचार र समाधानका उपाय:

    मनोपरामर्श: मनोविद् वा बाल मनोरोग विशेषज्ञसँग परामर्श लिनु उत्तम हुन्छ ।

    वातावरणमा सुधार: बच्चालाई मायालु, शान्त र सुरक्षित वातावरण दिनुहोस् ।

    क्रियाकलाप: खेल्ने, रमाउने र प्रकृतिको नजिक लैजाने ।

    योग तथा प्राणायाम: योग र ध्यानले बच्चाको मानसिक स्वास्थ्य सुधारमा मद्दत गर्न सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.