अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा पुन: रमेश समदर्शी राई चयन भएका छन् ।
शनिबार भएको दोस्रो अधिवेशनले समदर्शीसहितको कार्यसमितिलाई तीन वर्षका लागि सर्वसम्मत चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा प्रेम आचार्य पुन: चयन भए भने सचिवमा केशवराज भण्डारी, सहसचिवमा होम अधिकारी र कोषाध्यक्षमा लिला राई चयन भएका छन् ।
त्यसैगरी विष्णु श्रेष्ठ, नन्दलाल खतिवडा, रन्जिता खड्का, चर्तुभुज काफ्ले, योगेश दाहाल र विमला प्रधान सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सल्लाहकारद्वय दिपिन राई, कुमार भट्टराई, जग्गादाता कृष्ण बरालले शुभकामना व्यक्त गरेका थिए ।
निर्वाचन समितिमा दिपिन राई संयोजक, राजेन्द्र चौँलागाई र पर्वत पोर्तेल सदस्य रहेका थिए ।
उपाध्यक्ष प्रेम आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नरेश खातीले गरेका थिए ।







