• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहकारी दिवसमा पत्रकार खड्कासहित विभिन्न सहकारी संस्था तथा व्यक्ति पुरस्कृत


  •    संवाददाता/ शनिबार, चैत २१, २०८२  

  • ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा परिवेश मिडियाका प्रधान सम्पादक पुष्प खड्का पुरस्कृत भएका छन् ।

    झापा जिल्ला सहकारी संघ लिमिटेडले खड्कालाई उत्कृष्ट सञ्चारकर्मीको रुपमा पुरस्कृत गरेको हो । सम्पादक खड्कालाई नगद १० हजार ५५५ सहित सम्मान गरिएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट तथा कार्यक्रमका अध्यक्ष जिल्ला सहकारी संघ लिमिटेड झापाका अध्यक्ष प्रेमकुमार सापकोटालगायतले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

    Advertisement

    कार्यक्रममा सम्पादक खड्कासहित विभिन्न सहकारी संस्था तथा व्यक्तिलाईसमेत पुरस्कृत गरिएको थियो । उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा दमकस्थित डाँफे साकोस, उत्कृष्ट कृषि सहकारीतर्फ कमल गाउँपालिकास्थित लखनपुर साना किसान, बहुउद्धेश्यीयतर्फ गौरादह नगरपालिकास्थित जुरोपानी बहुउद्धेश्यीय सहकारी संस्था, उत्कृष्ट बचत कारोबार गर्ने मध्ये बिर्तामोडस्थित गौरवशाली साकोस, उत्कृष्ट कर्जा कारोबार गर्नेमध्ये अर्जुनधारास्थित ऋद्धिसिद्धि महिला कृषि सहकारी संस्थालाई नगद १० हजार ५५५ सहित पुरस्कृत गरिएको थियो ।

    त्यस्तै उत्कृष्ट महिला व्यवस्थापकतर्फ एकता बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड हल्दिबारीकी उमा राई र मेची मासु उत्पादक सहकारी संस्था मेचीनगरकी अनिता गुरागाईँ, पुरुषतर्फ मेचीनगरस्थित तारापुञ्ज साकोसका मोहन अधिकारी र भद्रपुरस्थित सूर्योदय साकोसका माउण्टेन गुरुङलाई नगद ५ हजार ५५५ सहित पुरस्कृत गरिएको थियो ।

    सोही अवसरमा उत्प्रेरक सौनक भट्टले सहभागीहरूलाई विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सहकारी संस्थाहरूलाई हिम्मत र प्रेरणाका साथ एक कदम अगाडी बढाउन प्रेरित गरेका थिए ।

    कार्यक्रममा केन्द्रीय चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ, राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

    वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.