नेपालमा बितेको १२ वर्षमा चट्याङका घटनाबाट १ हजार ७३ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७० सालदेखि २०८२ फागुन मसान्तसम्म देशभर ३ हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा ३ हजार ४०८ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार चट्याङका कारण वार्षिक औसत ६७ जनाको ज्यान जाने गरेको छ ।
Advertisement
मनसुन र प्रि-मनसुन अवधिमा यस्ता घटना बढी हुने भएकाले सचेतना अपनाउन उनको आग्रह छ ।







