आजदेखि मौसममा केही सुधार हुने भएको छ ।
न्यूनचापीय प्रणाली कमजोर भएकाले वर्षाको सम्भावना केही घटेको जलवायुविज्ञ उज्जवल उपाध्यायले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ र पहाडी क्षेत्रमा घाम लागे पनि केही दिन चिसो हावा चल्ने सम्भावना छ । तराईमा भने गर्मी बढ्ने उनको भनाइ छ । तीन-चार दिनको गर्मीले फेरि पानी पार्ने सम्भावना रहेको उनले बताए ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।







