• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महासंघको स्थापना दिवसमा झापामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणको बहस


  •    संवाददाता/ सोमबार, चैत १६, २०८२  

  • नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको सन्दर्भमा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ ।

    नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा सोमबार झापाको काँकरभिट्टामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले गरेका थिए ।

    Advertisement

    नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्का, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारीले शुभकामना व्यक्त गरेका थिए ।

    Advertisement

    उक्त अवसरमा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणका लागि ११ बुँदे ‘झापा संकल्प-पत्र २०८२’ पारित गरिएको छ ।

    वक्ताहरुले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि आचारसंहिताको पूर्णपालना, पत्रकारको क्षमता विकास लगायतका विषयमा जोड दिएका थिए ।

    कार्यक्रममा जिल्लाका ६५ वर्ष माथिका १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । वार्षिक वृत्ति पाउने ज्येष्ठ पत्रकारहरुमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरो सान्दाई, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल रहेका छन् ।

    महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट ०८० सालदेखि ६५-७५ वर्ष उमेरसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरुप १५ हजार र सो भन्दा माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक २० हजार रकम औषधोपचार खर्च वापत प्रदान गरिँदै आएको छ । महासंघका सदस्य रहेका ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा उक्त रकम उपलब्ध गराइँदै आएको बताइएको छ । सोही कार्यक्रममा केही समय अघि हर्नियाको शल्यक्रिया गराएका ज्येष्ठ पत्रकार लक्ष्मी लुइँटेललाई २५ हजार रुपैयाँ उपचार खर्च समेत प्रदान गरिएको थियो ।

    कार्यक्रमको दोस्रो सत्रमा विषय केन्द्रित अन्तरक्रिया गरिएको थियो । पूर्व अध्यक्ष मोहन काजीको संयोजकत्वमा गठित संकल्प पत्र तयारी समितिले प्रस्ताव गरेको ११ बुँदे संकल्प पत्र सहभागीको सुझावका आधारमा संशोधनसहित पारित गरिएको थियो । संकल्प पत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पत्रकारिताको स्वच्छता र व्यवसायीकरण, क्षमता विकास, जवाफदेहिता लगायतका विषय समेटिएको छ ।

    उक्त समितिमा महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार लोकराज ढकाल, महासंघका सल्लाहकार डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा र कोषाध्यक्ष मुक्ति पौडेल रहेका थिए ।

    अन्तरक्रियामा महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, गणेश पोखरेल, सल्लाहकार राजेन्द्र गौतम, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस युनियन झापाका सचिव तथा फनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले पत्रकारिता क्षेत्रको सुधारका लागि सुझावहरु राखेका थिए ।

    अन्तरक्रियाको आचारसंहिता उपाध्यक्ष सुब्रत न्यौपानेले प्रस्तुत गरेको कार्यक्रममा पत्रकारहरु गंगन ढकाल, प्रविण अधिकारी, राजबाबु शंकर, युवराज आचार्य, सन्तोष आचार्य, विजय भट्टराई, अनिल ढुंगाना, शिशिर चम्लागाँई, सावित्रा दाहाल, उत्तम रिजाल, खगेन्द्र घिमिरे, देवेन्द्र प्रसाईं, उमाकान्त खनाल लगायतले विभिन्न समस्या तथा सुझावहरु राखेका थिए ।

    कोषाध्यक्ष मुक्ति पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.