आज र भोलि देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही ठाउँ तथा तराई भू-भागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै भोलि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँ तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो बेलामा हुरीबतास र असिना पानी तथा चट्याङबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Advertisement







