• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बहिस्कारका बिच वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम


  •    संवाददाता/ शुक्रबार, चैत ०६, २०७७  

  • बिर्तामोड । बहिस्कारका बिच बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

    संघका अध्यक्ष कुमार भट्टराईले विना निर्णय पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमितिका ११ जना पदाधिकारी सहित सदस्यहरुले कार्यक्रम बहिस्कार गरेका थिए ।

    Advertisement

    निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज भण्डारी प्रशान्त, उधोग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकास घिमिरे, सदस्यहरु राजकुमार घिमिरे, राजु सापकोटा, खगेन्द्र खरेल, गौरीशंकर गुप्ता ‘टिंकु’ र उर्मिला विमली खरेलले सहमति विना आयोजना गरिएको कार्यक्रम बहिस्कार गरेका छन् । बहुमत संख्या र प्रभावशाली सदस्यहरुले कार्यक्रम बहिस्कार गरेपछि न्यून सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    पद हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
    शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वदेशी उत्पादनमा जोड दिन व्यवसायीले पनि भूमिका खेल्नुपर्ने बताए । त्यस्तै, महासंघले अघि सारेको भिजन २०३० लाई सार्थक पार्न सबै व्यवसायी र उद्योगीहरुले सुझाव दिएर सफल बनाउन आग्रह गरे । त्यस्तै, बैंकको ब्याजदर घटाउन महासंघले पहल गरेको उनको भनाइ थियो ।

    संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य उमेश डालमिया, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, एमाले झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापाका सभापति उद्धव थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.