नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढाएको छ ।
गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५-१५ रुपैयाँ भाउ बढेको हो ।
भाउ बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।
Advertisement
यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।







