राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।
शाहको सचिवालयका अनुसार शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण र त्यही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारमा कार्यभार सम्हाल्ने साइत तय भएको हो ।
शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा सात वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम रहेको छ ।
Advertisement







