आमालाई कुटपिट गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका-८ क्याम्पस मोड बस्ने ७९ वर्षीय वृद्धा चन्द्रमाया घिमिरेलाई उनका छोरा ३७ वर्षीय यसिस घिमिरेले कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमा छोराको कुटाईबाट आमा गम्भीर घाइते भएके भिडियो सामग्री भाइरल भएसँगै प्रहरीले कुटपिटमा सम्लग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । चैत ९ गते भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
Advertisement
घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलाको उद्धार गरी स्वास्थ्य उपचारका लागि व्यवस्था गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।







