• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भोक लाग्दा किन बढी रिस उठ्छ, यस्तो छ कारण


  •    संवाददाता/ सोमबार, चैत ०९, २०८२  

  • के तपाईंहरुले भोक लाग्दा रिस उठेको अनुभव गर्नुभएको छ ? भोक लाग्दा रिस उठ्ने कुरा अध्ययनबाट पुष्टि भइसकेको छ । भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ । यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।

    यसको कारण हो-पर्याप्त पोषक तत्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठीकसँग काम गर्नका लागि संघर्ष गर्नुपर्छ ।

    Advertisement

    हार्वर्ड मेडिकल स्कूलका अनुसार हामीलाई जब भोक लाग्छ, तब रगतमा चिनीको मात्रा घट्छ जसले गर्दा मस्तिष्कको काम गर्ने प्रक्रियामा असर पर्छ र शरीरले ग्लुकोज बढाउन कर्टिसोल र एपिनेफ्रिन (एड्रेनालिन) जस्ता तनाव हर्मोनहरू निकाल्छ, जसले चिडचिडापन हुने, रिस उठ्ने र मूडमा परिवर्तन ल्याउन सक्छ ।

    Advertisement

    ‘के दैनिक जीवमा केही समय भोकै बस्दा हाम्रो सोच्न तरिका र मुड प्रभावित हुनसक्छ ?’ हाम्रो सोचमाथि हाम्रो इमोसन हावी हुन्छ । खासगरी जब हामी आफ्नो भावनालाई बुझ्ने र स्वीकार्न कोशिस गर्दैनौं । यदि हामीलाई हाम्रो भावना किन र के कारणले आइरहेको छ भन्ने कारण थाहा पाउँछौं भने नियन्त्रण गर्ने कोशिस गर्छौं ।

    मनोवैज्ञानिकहरुको भनाइ छ,’मान्छेलाई तीन कुरा साह्रै महत्वपूर्ण हुन्छ। भोकप्यास, निद्रा र शारीरिका आवश्यकता । यदि यी तीनमध्ये एउटा मात्रै पूरा भएन भने मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। हामी जति धेरै भोकै बस्छौं, त्यसको सिधा असर दिमागमा पर्छ ।

    एक अध्ययनका अनुसार खराब मुड अक्सर हामीलाई निराशावादी बनाइदिन्छ । जो हाम्रो सोचलाई अझै धेरै नकारात्मक बनाउन सक्छ । यसपछि हाम्रो मुडको कारक खाना हुन्छ ।

    डायटिशियन तथा वन हेल्थ कम्पनीको फाउन्डर डा शिखाका अनुसार खाना र हाम्रो मुडमा गहिरो सम्बन्ध हुन्छ । उनी भन्छिन्, ‘खाना एक बायोलोजिकल केमेस्ट्री हो । खाना हाम्रो हर्मोन्सलाई ट्रिगर गर्छ । कति मान्छेमा ट्रिगर इटिङ ह्याबिट हुन्छ ।

    विभिन्न अध्ययनले भोक लाग्दा शरीरमा हुने प्रतिक्रिया र रसायनहरुको सक्रियाताले रिस उठ्ने विषय देखाएका छन् ।

    १. ग्लुकोजको कमी र मस्तिष्कको प्रतिक्रिया

    हाम्रो मस्तिष्कलाई सही ढङ्गले काम गर्न ग्लुकोजको निरन्तर आवश्यकता पर्छ । जब हामी धेरै समयसम्म भोको रहन्छौँ, रगतमा चिनी (ग्लुकोज) को मात्रा घट्दै जान्छ । मस्तिष्कले ग्लुकोजको कमीलाई ‘संकट’ को रूपमा लिन्छ । यसले गर्दा एकाग्रता घट्ने, झर्को लाग्ने र आवेग नियन्त्रण गर्ने क्षमता कमजोर हुन्छ, जसले गर्दा सानो कुरामा पनि तुरुन्तै रिस उठ्छ ।

    २. ‘काउन्टर-रेगुलेटरी’ हर्मोनको उत्सर्जन

    जब रगतमा ग्लुकोजको स्तर धेरै तल झर्छ, मस्तिष्कले शरीरका विभिन्न अंगहरूलाई ग्लुकोज बढाउने हर्मोनहरू छोड्न निर्देशन दिन्छ । तीमध्ये दुई प्रमुख हर्मोन हुन्:

    एड्रेनालिन: यसलाई ‘फाइट अर फ्लाइट’ (लड्ने वा भाग्ने) हर्मोन भनिन्छ । यो हर्मोन तनावको बेला निस्कन्छ, जसले मानिसलाई उत्तेजित र आक्रामक बनाउँछ ।

    कोर्टिसोल: यसलाई ‘स्ट्रेस हर्मोन’ भनिन्छ, जसले शरीरमा तनावको स्तर बढाउँछ ।

    ३. न्युरोपेप्टाइड-वाई

    भोक लागेको बेला मस्तिष्कमा ‘न्युरोपेप्टाइड-वाई’ नामक रसायन सक्रिय हुन्छ। यसले एकातिर हामीलाई खानका लागि प्रेरित गर्छ भने अर्कोतिर यसले क्रोध र आक्रामकतालाई पनि नियन्त्रण गरिरहेको हुन्छ । यसको उच्च मात्राले मानिसलाई बढी रिसाहा बनाउँछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.