• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आज र भोलि यी ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह


  •    संवाददाता/ शुक्रबार, चैत ०६, २०८२  

  • आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ भने दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । भोलिसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    Advertisement

    जलवायु विज्ञ उज्जवल उपाध्यायका अनुसार आज दिउँसोपछि नेपालमा पश्चिमबाट वर्षा गराउने प्रणाली प्रवेश गर्ने देखिन्छ । यस प्रणालीको प्रभावले दार्चुला, डडेल्धुरा, हुम्लालगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

    Advertisement

    यसैगरी बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमी गतिविधिका कारण साँझतिर केही वर्षा हुन सक्छ । साँझ ढल्दै जाँदा धादिङ, उत्तरी चितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रित भई मध्यम वर्षा हुने उनको अनुमान छ ।

    काठमाडौँ उपत्यकामा पनि साँझ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र राति पनि केही बेर वर्षा हुनेछ ।

    रातिदेखि भोलि बिहानसम्म कर्णालीको तल्लो तथा लुम्बिनीको माथिल्लो भू-भागमा ४-५ घण्टासम्म वर्षा हुन सक्ने उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा अपेक्षाकृत बढी वर्षा हुने हुँदा नदीको सतह केही बढ्न सक्ने र सामान्य भू-क्षय वा साना पहिरो जान सक्ने देखिन्छ ।

    यसै समयमा कपिलवस्तु र रुपन्देही आसपास क्षेत्रमा पनि २-४ घण्टा ठूलो पानी पर्न सक्ने जलवायु विज्ञ उपाध्यायले बताए । भोलि बिहानसम्म वर्षा प्रणाली पूर्वतर्फ सर्ने र यसले मेची-कोशी क्षेत्रका इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा २-४ घण्टा ठूलो पानी पर्न सक्ने उनको भनाइ छ ।

    यस्तै हावाहुरी पनि आउने र हुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

    प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा हावाहुरी चलेको बेला घरको इन्धन बन्द गर्न, सुरक्षित ठाउँमा बस्न र गाडी सञ्चालन नगर्न भनेको छ । साथै कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुन सक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत प्राधिकरणको अनुरोध छ ।

    कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । धेरै ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रि-मनसुनको योबेला दिउँसोपछि जुनसुकै ठाउँमा पनि हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.