झापा गाउँपालिकामा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
आज दिउँसो ४:१३ बजे झापा गाउँपालिका वडा नं.५ सिमलडाँगी बस्ने मुस्ताफा अलीको टाटी बेरा र टिनको छानो भएको एकतले घरमा विद्युतको तार सर्ट भई अचानक आगलागी भएको हो ।
आगलागीबाट सुत्ने कोठा दुई वटा, गाईगोठ, भान्सा कोठा, घरभित्र रहेका अन्नपात,लत्ताकपडा, भाडावर्तन, डेढ तोला सुन, ३० तोला चाँदी, नगद ८० हजार, फ्रिज, रंगिन टेलिभिजन र घरनजिकै राखेको मे ५ प२ १८६ नं.होन्डा साईन मोटरसाइकल समेत पूर्णरुपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट अन्दाजी २० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
Advertisement
प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमाण्डमा टोली खटिएर भद्रपुरबाट आएको दमकल र स्थानीयको सहयोगमा साँझ ५:१५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







