झापाको हल्दीबारीमा आँपको रुख ढलेर लाग्दा एक किशोरीको मृत्यु भएको छ ।
बिहीबार राति करिब ९ बजेतिर आएको वर्षासहितको हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढल्दा हल्दीबारी-२ पाराखोपी निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हावाहुरीका कारण अचानक रुख ढलेर लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको जनाएको छ ।







