• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार महासंघ झापा ५१ हजार नगदसहित पुरस्कृत


  •    संवाददाता/ शनिबार, फागुन ०२, २०८२  

  • नेपाल पत्रकार महासंघ झापा शाखालाई नगद ५१ हजारसहित यस वर्षको श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    शनिबार इलामको रोङ गाउँपालिका-५ इरौंटार पाखागाउँमा आयोजित समारोहमा समाजमा सकारात्मक सन्देश प्रवाह र पत्रकारको दीगो हितमा उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो ।

    Advertisement

    पवित्रा-भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति-५ द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, भुर्तेल परिवारका सदस्यहरुले सामुहिक रुपमा पत्रकार महासंघलाई उक्त सम्मान समर्पण गरेका थिए ।

    Advertisement

    ‘पत्रकारिताको क्षेत्रमा समर्पित यस संस्थाले अत्यन्त सराहनीय कार्य गर्दै नेपाल पत्रकार महासंघ झापालाई कोसेढुंगाको रुपमा स्थापित गर्न सफल रहेकोले श्री पवित्रा-भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्वारा स्थापित नवौं श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८२ द्वारा सम्मानित एवम् पुरस्कृत गर्न पाउँदा हामी गौरवान्वित छौं’ सम्मान पत्रमा भनिएको छ ।

    उक्त कार्यक्रममा नगद ५१ हजारसहित रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार साङ्वो सुवासलाई छत्र खतिवडा स्मृति प्रथम सिर्जनशील पुरस्कार प्रदान गरिएको थियो ।

    त्यस्तै पवित्रा-भेषराज खतिवडा स्मृति सामुदायिक विद्यालय स्तरीय शैक्षिक पुरस्कार समेत वितरण गरियो । जस अन्तर्गत उत्कृष्ट विद्यालयको रुपमा नगद ७५ हजारसहित मेचीनगर-१३ चारआलीस्थित शहीद दशरथ चन्द माविलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलसहित विद्यालयको टिमले सम्मनपत्र ग्रहण गरेका थिए ।

    उत्कृष्ट शिक्षक पुरस्कार शान्ति आदर्श माविका प्रधानाध्यापक पूर्णबहादुर राईलाई प्रदान गरियो भने उत्कृष्ट विषयगत शिक्षक पुरस्कार मेचीनगर-११ स्थित बलभद्र जनता माविका विज्ञान विषयका शिक्षक देवीप्रसाद खतिवडालाई प्रदान गरिएको थियो ।

    प्रतिष्ठानले लोपोन्मुख जाति छात्रवृत्ति तर्फ शान्ति आदर्श माविमा कक्षा ११ मा अध्ययनरत् सोनाम लाप्चा र विनिशा लाप्चालाई पुरस्कृत गरिएको थियो भने ०८१ सालको एसईईमा सर्वोच्कृट जिपिए प्राप्त गर्ने धुलाबारी माविका सभियन प्रधान र कृषा ओझालाई पुरस्कृत गरियो । उक्त पुरस्कारको राशि जनही सात हजार पाँच सय रहेको थियो ।

    प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका ज्येष्ठ सदस्यको रुपमा रामप्रसाद खतिवडा ९८२०लाई सम्मान गरिएको थियो । छनौट समितिका सदस्य शिवकुमार पौडेलले शैक्षिक पुरस्कारहरुको घोषणा गरेका थिए ।

    अग्रज पत्रकार चन्द्र भण्डारीको संयोजकत्वमा सदस्यहरु शिवकुमार पौडेल, जय भण्डारी र शिरो सान्दाइ रहेको छनोट समितिले पुरस्कृत प्रतिभा र संस्थाको छनोट गरेको पत्रकार दिपेन्द्र पौडेलले जानकारी दिए ।

    प्रमुख अतिथि वरिष्ठ पत्रकार कोइराला, संस्थाका संरक्षण शारदाप्रसाद शर्मा, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो, गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव शिरो सान्दाइ खतिवडाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.