झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो २:१० बजे शिवसताक्षी-११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलका कामदार सिरहा लाहान बस्ने अन्दाजी वर्ष ३५ का रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
फाईवर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासि छेउको माटोको ढिस्को भत्किएर उनी पुरिएका थिए ।
Advertisement
घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३:३५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







