• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस क्लब मेचीनगरको साधारण सभा सम्पन्न


  •    संवाददाता/ बिहिबार, माघ २३, २०८२  

  • प्रेस क्लब मेचीनगरको ११ औँ वार्षिक साधारण बुधबार काँकरभिट्टा क्याम्पसको सभा हलमा सम्पन्न भएको छ ।

    क्लबका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा मेचीनगर नगर प्रमुख गोपाचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

    Advertisement

    सभाको उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले पत्रकारिताको माध्यमबाट समाजलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    Advertisement

    नगर प्रमुख बुढाथोकीले नगरपालिकाका काम कारवाहीप्रति सदैव खबरदारी गर्न आग्रह पनि गरे । उनले नगरका हरेक विषयवस्तुलाई उठाएर सकारात्मक रुपमा प्रचार गर्न सके नगर समृद्ध बन्नेमा उनको जोड थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल पत्रकार महासंघ झापा कोषाध्यक्ष मुक्ति पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य अर्जुन कार्की, कान्तिपुर कोशी प्रदेश प्रमुख पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष डम्बर बराल लगायतको आतिथ्यता रहेको थियो ।

    साधारण सभाको बन्द सत्रले आगामी योजनाका बारेमा छलफल गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बन्द सत्रमा उठेका विषयहरुलाई प्रतिवेदन लेखन समितिले लिपिबद्ध गर्दै सभा सम्पन्न भएको थियो । प्रतिवेदन लेखन समितिको संयोजकमा संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला तथा सदस्यमा झुलन रेग्मी र युवराज आचार्य रहेका थिए ।

    क्लबका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.