झापाको दमकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो ३:३० बजे दमक-१ बरगाछीस्थित भित्री सडकखण्डमा दमकबाट राम चोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नं.को टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१-०१-०१८ प ८३०३ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा रहेका इलाम चुलाचुली गाउँपालिका-४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राई घाइते भएका थिए । दुवै जनालाई उपचारको लागि दमक अस्पताल दमकमा पठाइएकोमा उपचारको क्रममा दुवैजना घाइतेको मृत्यु भएको हो ।
Advertisement
टिपर चालक उदयपुर त्रियुगा-९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज राय, टिपर र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।







