• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरमा इण्डो नेपाल टि-२० च्याम्पियनसीप हुँदै, प्रतियोगिताकोे सम्पूर्ण तयारी पूरा


  •    संवाददाता/ सोमबार, माघ २०, २०८२  

  • झापाको भद्रपुरमा ‘कोशी पाथिभरा इण्डो नेपाल टि-२० च्याम्पियनसीप कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    भद्रपुर क्रिकेट क्लवको आयोजनामा मेची क्याम्पसको क्रिकेट खेल मैदानमा आगामी माघ २१ देखि २९ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

    Advertisement

    प्रतियोगितामा नेपाल र भारतका विभिन्न राज्यबाट आएका प्रतिष्पर्धी टिमहरुमा चर्चित खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक मनोज सुब्वा (गौरव)ले बताए । उनका अनुसार प्रतियोगिताले नेपाल भारत बीचको खेलकूदमैत्री आपसी सम्बन्ध सांस्कृतिक सहकार्यलाई थप मजबूत बनाउने विश्वास लिइएको छ ।

    Advertisement

    मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ्ग, स्वास्थ्य सेवा, खेलाडीहरुको आवास तथा यातायात व्यवस्थापन लगायत खेलका लागि आवश्यक अन्य सबै तयारी पूरा भइसकेको भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीले बताए ।

    पराजुलीका अनुसार प्रतियोगिता अवधिभर दर्शकहरुका लागि सुरक्षित र व्यवस्थित वातावरण सुनिश्चित गरिने छ । प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी वाडफाँड भए अनुसार सबै समिति, उपसमितिहरु क्रियाशिलतापूर्वक आ-आफ्नो जिम्मेवार जुटिरहेका आयोजकले जनाएको छ ।

    प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, गण्डकी हिरोज पोखरा, गेट हिमालयन क्रिकेट एकाडमी काठमाडौं र फ्रेण्ड्स युथ क्लव डडेल्धुराको सहभागिता रहनेछ ।

    त्यस्तै भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकेट क्लव लखनउ, क्रिकेट कोचिङ्ग उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी हुनेछन् । नेपालका अलवहरुमा एनपिएल खेलिसकेका तथा भारतका क्लवहरुमा रणजी ट्रफी खेलिसकेका खेलाडीहरुको सहभागिता हुँदैछ ।

    एक करोड २२ लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा विजेताले नगद ५ लाख र उप-विजेताले नगद ३ लाखसहित मेडल, ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद ११ हजार र ट्रफी उत्कृष्ट बलर र व्याटरले नगद २५-२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद ११ हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्यान अफ दि सिरिजलाइ नगद ५१ हजार र ट्रफी प्रदान गरिने छ ।

    आठ वटा टिमलाई दुई समूहमा विभाजन गरी लिग डाँचामा प्रतिष्पर्धा गराइने छ । प्रतियोगितामा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दानवीर समाजसेवीहरुको सहयोगमा करिव ६० लाखको लागतमा पिच निर्माण गरी स्तरिकरण गर्ने कार्य सम्पन्न भएको छ ।

    पत्रकार सम्मेलनमामा भद्रपुर क्रिकेट क्लवका महासचिव बसन्त पोखरेल, झापा भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण अग्रज पत्रकार तथा प्रेस संयोजक गोपाल गिरीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.