झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले होटल म्यानेजमेन्टतर्फ आधारभुत कुकिङ तालिम सम्पन्न गरेको छ ।
सुरुवाती कोठा नेपाल झापाको सहकार्य तथा कन्काई नगर पालिका वडा नं.१ को संयोजनामा विद्यार्थी सँगसँगै सामुदायिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्य अनुरुप आदर्शले दुई दिने तालिम आयोजना गरेको हो ।
दुर्गापुरस्थित सामुदायिक भवनमा माघ १२ र १३ गते भएको तालिमको सहजीकरण कलेजका सेफद्वय सन्तोष मगर र याङ्जिङ हाङगाम लिङ्देनले गरेका थिए ।
Advertisement
कन्काई नगरपालिका वडा नं.१ का वडाध्यक्ष सुशील पोखरेलको प्रमुख आतिथ्यतामा भएको तालिममा बर्गर, स्याडविज, इटालिय बेक्रफास्ट फुडहरु लगायतका परिकारका बारेमा सहभागीलाई सिकाइएको थियो ।
आयोजक संस्थाका व्यवस्थापक दीपक दासले औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन वडा प्रतिनिधि निर्मला खडकाले गरेकी थिइन् ।







