• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उम्मेदवारलाई बसपार्क प्रवेश निषेधको आन्दोलनप्रति जिल्लाभर चर्चा


  •    संवाददाता/ मङ्गलबार, माघ १४, २०८२  

  • निर्वाचनको मुखमा बिर्तामोड बसपार्क क्षेत्रमा राजनीतिक गतिविधि निषेध गर्ने स्थानीयको संघर्ष कार्यक्रमले जिल्लाभर चर्चा पाएको छ ।

    भोट माग्न आउने उम्मेदवारलाई बसपार्क क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेपछि राजनीतिक दल र उम्मेदवारहरू समस्याप्रति गम्भीर देखिए पनि तत्काल समाधान सम्भव नभएको उनीहरूको भनाइ छ ।

    Advertisement

    बिगत दुई वर्षदेखि ५१ बिघा क्षेत्रफलको जग्गा रोक्का हुँदा दैनिक जीवन प्रभावित बनेका बसपार्कबासीले दबाबमूलक आन्दोलन थालेका हुन् । उनीहरूले बसपार्कका चारवटै प्रवेशद्वारमा निषेधसम्बन्धी व्यानर राख्दै कुनै पनि दलका उम्मेदवारलाई प्रचारप्रसार गर्न नदिने घोषणा गरेका छन् ।

    Advertisement

    निवर्तमान सभामुख तथा झापा-२ बाट एमालेका उम्मेदवार देवराज घिमिरेले बसपार्क र गिरीबन्धु टी-इस्टेटसम्बन्धी सबै फाइल अख्तियारमा पुगेकाले हालको सरकारले तत्काल समाधान गर्न कठिन हुने बताए।

    त्यस्तै रास्वपाकी उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले पनि यही चुनावी सरकारले समस्या हल गर्न नसक्ने स्पष्ट पारिन्।

    स्थानीय बसपार्कबासीले भने बिगत दुई वर्षदेखि सबै दलका नेताहरूलाई गुहार्दा पनि आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।

    ५१ बिघा बसपार्क समन्वय समितिका सहसचिव शिवराज पौडेल भन्छन्, “हामीले सबै दलका नेताहरूसँग हारगुहार गर्‍यौं। तर आश्वासन मात्र पाइयो। त्यसैले अब कुनै पनि उम्मेदवारलाई बसपार्क छिर्न दिँदैनौं ।”

    आन्दोलनको जानकारी दिन आइतबार माइकिङसमेत गरिएको थियो । समन्वय समितिका संयोजक सुजनराज शिवाकोटीका अनुसार बसपार्क समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा.कुमार इङनामलाई खुला पत्र बुझाइसकिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.