• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मिथ्या सूचनाविरुद्ध दुई दिने सम्मेलन सम्पन्न


  •    संवाददाता/ आइतबार, माघ १२, २०८२  

  • मिथ्या सूचनाविरुद्ध आयोजित दुई दिने काठमाडौँ सम्मेलन सम्पन्न भएको छ ।

    सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन र हल्लाको पछि लाग्न नहुने निष्कर्ष निकालेको छ ।

    Advertisement

    पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर-नेपाल) ले काठमाडौँमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको पहुँचले गर्दा मिथ्या सूचनाको बाढी लागेकाले सूचनालाई छनौट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए ।

    Advertisement

    मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको बताउँदै विज्ञहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता औल्याएका छन् ।

    सम्मेलनमा राजनीति शास्त्री हरि शर्माले राजनीति लगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरा समेत सही नहुने अवस्था रहेको बताए । प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा व्यक्त गर्दै राजनीतिशास्त्री शर्माले प्रश्न सकिए मिथ्या सूचना पनि बढी फैलिने बताएका छन् ।

    युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सही सूचना लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै प्रविधिको सहजताले मिथ्या सूचना निकै छिटो फैलिएको बताए ।

    उनले मिथ्या सूचनालाई न्यूनीकरण गर्न सूचनाको हक र सही सूचनाको पूर्वप्रवाहमा सरोकारवाला सबै एकठाउँमा उभिनु पर्ने र सरकार, प्रविधि, लोकतान्त्रिक शक्ति, नागरिक समाज, मिडिया, प्राज्ञिक क्षेत्र लगायत पारदर्शी र जवाफदेही हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।

    आइतवार सम्मेलनमा मिथ्या सूचनाविरुद्ध लड्न पत्रकारिता शिक्षा, मिडियाका भूमिका र मिथ्या सूचनाविरुद्धका कार्यक्रम विषयमा तीनवटा सत्रसहित सोसल मिडिया प्लेटफर्म नियमन र जलवायु परिवर्तनका विषयमा पनि प्यानल छलफल गरिएको थियो ।

    मिथ्या सूचनाविरुद्ध पत्रकारिता शिक्षाको भूमिकासम्बन्धी सत्रमा डा.लीला न्याइच्याइ, दीपक अर्याल, रोमकान्त पाण्डे र यमबहादुर दुरालाई डा.घमराज लुइँटेलले सहजीकरण गरेका थिए ।

    त्यस्तै मिथ्या सूचनाविरुद्ध मिडियाको भूमिकाबारे सत्रमा प्रेस काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्य, प्रतीक प्रधान, नितु पण्डित र उमेश चौहानलाई पत्रकार दुर्गा खनालले सहजीकरण गरेका थिए ।

    मिथ्या सूचनाविरुद्धका कार्यक्रमसम्बन्धी सत्रमा उमेश श्रेष्ठ, बबिता बस्नेत, प्रनय स्थापित र किरण भण्डारीलाई डा.श्रीराम पौडेलले सहजीकरण गरेका थिए भने डा.कुन्दन अर्यालले सहजीकरण गरेको सोसल मिडिया प्लेटफर्म नियमनसम्बन्धी सत्रमा वक्ताहरू तारानाथ दाहाल, डा.दोभान राई, डा.श्रीकृष्ण भट्टराई र शेखर क्षेत्री रहेका थिए ।

    त्यस्तै जलवायु परिवर्तनका मिथ्या सूचनाबारे सत्रमा रमेश भुषाल, इन्दिरा अर्याल, शुशीलकुमार श्रेष्ठ र मुकेश पोखरेललाई युनेस्कोकी निर्जना शर्माले सहजीकरण गरेकी थिइन् ।

    दुई दिने सम्मेलनमा मिडिया, सोसल मिडिया र मिडिया साक्षरतासम्बन्धी एक दर्जन अनुसन्धान प्रस्तुत गर्नुका साथै विज्ञ, नीति निर्माता, पत्रकार लगायतबीच विषयगत छलफल गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.