काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् । ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।
Advertisement
ओलीले बालुवाटारमा दलको बैठक बोलाएका छन् । एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट सुरु भएको छ ।







