नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौँमा सोमबार भएको कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो ।
महिला टोलीले आउँदो हप्तादेखि सुरू हुने महिला टि-२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा सुरू हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्नेछ । खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ ।
Advertisement
यसैबीच आईसीसी टी-२० विश्वकप सन् २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेको छ । ‘ट्रफी टुर’ कार्यक्रम अन्तर्गत आज पोखरामा ट्रफीको फोटोशूट, वसन्तपुर क्षेत्रमा ट्रफी प्रदर्शनी तथा भोलि बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी-२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो ।







