झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी-१ लक्ष्मीनारायण मावि नजिक भित्री पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र१-२-००२ ह ९६९९ नम्बरको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
Advertisement
दुर्घटनामा परी अटो चालक चेम्जोङको टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि दमक अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।







