• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार महासंघ झापाको स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन


  •    संवाददाता/ बुधबार, पुष ०९, २०८२  

  • नेपाल पत्रकार महासंघ झापा शाखाको ३७ औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान र कार्यालयमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।

    हाल झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ झापाले रक्तदान कार्यक्रम गरेर मनाएको बताइएको छ ।

    Advertisement

    महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

    Advertisement

    प्रमुख अतिथि ढकालले दान मध्येको महादान रक्तदानको आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्वपूर्ण पुण्यकार्य गरेको भन्दै प्रशंसा गरे । उनले रगतको अभाव पूरा गर्न स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए ।

    झापा ब्लड डोनर्स सोसाइटीका अध्यक्ष विष्णु आचार्य, संस्थापक रमेश दाहाल लगायतका अभियानकर्मीले कार्यक्रममा संयोजनको भूमिका निर्वाह गरेका थिए ।

    उक्त कार्यक्रममा पत्रकार तथा हल्दिबारी प्रेस क्लवका अध्यक्ष नेत्रविक्रम विमलीले १२० औं पटक रक्तदान गरेका थिए ।

    ब्लड डोनर्स सोसाइटी झापाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्षहरु कृष्ण हुमागाँई, गणेश पोखरेल, चेम्बर अर्फ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

    यसैबीच बुधबार नै स्थापना दिवसको अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झण्डोत्तोलन गरिएको छ ।

    महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, वर्तमान अध्यक्ष एकराज गिरी, पदाधिकारी तथा सदस्यहको उपस्थितिमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.