नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२६ का लागि जीवन कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणामअनुसार कार्की ५१२ मतसहित अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी विजय गुरुङले ४६२ मत प्राप्त गरेका थिए ।
त्यस्तै झापाबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा धुलाबारी जेसीजका योगेश राजवंशीसहित, नवराज उपाध्याय, स्वप्ना पौडेल भण्डारी र विकेश लाल श्रेष्ठ निर्वाचित भएका छन् ।
Advertisement
त्यस्तै राष्ट्रिय उपाध्यक्षमा वीरता लेडी जेसीजका पूर्व अध्यक्ष मेनुका ओली तथा बाहुण्डाँगी जेसीजका देबु बाँनियासहित, दिपेश बराइली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, रुपकबहादुर विष्ट, सन्दिप भुसाल, आरोग्य श्रेष्ठ र अनिश भट्टराई निर्वाचित भएका छन् ।







