झापाको बिर्तामोडको गिरीबन्धु टी इस्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
आज साँझ ५:३० बजे बिर्तामोड वडा नं.६ गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार चालक र पछाडी सवार तत्काल नखुलेका भद्रपुर वडा नं.५ बस्ने वर्ष २५ का भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेका वर्ष अन्दाजी २५/२६ का युवक घाइते भएका थिए । अनुहार, मुख र शरीरको विभिन्न भागमा भित्री चोटपटक लागेर घाइते भएकाहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको थियो ।
मृतकहरुको शव तत्काल सोही अस्पतालको शव गृहमा रहेको छ । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







