• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा इन्डो-नेपाल मिडिया कप हुने, आठ वटा टिमको सहभागिता रहने


  •    संवाददाता/ शनिबार, पुष ०५, २०८२  

  • पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो-नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ ।

    प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो ।

    Advertisement

    खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

    Advertisement

    प्रतियोगिताको विजेतालाई आकर्षण पुरस्कार राशी समेत राखिएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ भने उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ ।

    यस्तै खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने खेल संयोजक खगेन्द्र घिमिरेले बताए ।

    प्रतियोगितामा नेपाल र भारतका ८ वटा मिडिया टिमको सहभागिता रहने निश्चित भएको खेल संयोजक घिमिरेले बताएका छन् ।

    खेल नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतले बताए ।

    प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रेस क्लब मेचीनगरले जनाएको छ । त्यसका लागि स्थानीय सरकार, संघसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आव्हान गरिएको छ ।

    प्रतियोगिता सञ्चालनको तयारी थालेको प्रेस क्लब मेचीनगरले शुक्रवार काँकरभिट्टा खानेपानीको सभाहलमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । प्रतियोगिताको जानकारी स्वरुप सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।

    कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य तथा मेचीनगर गोल्डकपका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मेची भन्सार प्रमुख शिवलाल न्यौपाने, मेचीनगर सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशी, मेचीनगर वडा नं.७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, रास्वपा मेचीनगर सभापति सन्तोष राजवंशी, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य केवलराम राई, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, मेचीनगर प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, झापा जिल्ला फुटवल संघका महासचिव सुन्दर बस्नेत, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष रोहित बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, समाजसेवी डिल्लीराम घिमिरे, राजु पोखरेल, राजु पौडेल, दिपेश तिवारी, शिक्षासेवी सुवर्ण भट्टराई लगायतले मिडिया कप सफलताका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.