झापाको कनकाई नगरपालिकामा अवस्थित फक्ताङ्लुङ एजुकेशन फाउण्डेशन र बिर्तामोड नगरपालिकामा अवस्थित इर्डन गार्डेन एजुकेशन फाउण्डेशनबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत छात्रतर्फ इर्डन र छात्रातर्फ फक्ताङ्लुङ स्कुल विजेता बनेका थिए ।
मेत्रीपूर्ण खेलले विद्यार्थीलाई सहकार्यको भाव विकास गराउने र मित्रताको सम्बन्ध विकास गराउन सहयोग पुर्याउने फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनका प्रिन्सिपल ओमविक्र नेम्वाङले बताए ।
Advertisement
इर्डनका विद्यालय संयोजक गीताराम आचार्यले सहकार्यकै क्रममा छिट्टै दुई विद्यालयबीच फुटसल आयोजना गर्ने प्रतिबद्धता गरेका थिए ।
उक्त अवसरमा दुई विद्यालयबीच शुभकामना साटासाटसहित मायाको चिनो आदनप्रदान समेत गरिएको थियो ।







