• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वरिष्ठ पत्रकार नकुल काजीसहित तीन जना उत्कृष्ट प्रतिभा सम्मानित


  •    संवाददाता/ आइतबार, मङि्सर २२, २०८२  

  • झापाको मेचीनगर-११ को लाल-भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

    शनिबार धाइजनस्थित जालपा सभाहलमा प्रतिष्ठानको ७ औं बार्षिक उत्सवमा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

    Advertisement

    उनीहरुलाई जनही नगद ३१ हजार राशिसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । भद्रपुर-८ निवासी काजी झापाका वरिष्ठ पत्रकार हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर-९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ ।

    Advertisement

    त्यस्तै ७० वर्षीय उत्कृष्ट गृहिणी मालती राजबंशी मेचीनगर-७ स्थित मदन वस्ती निवासी हुन् । उनले १२१ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।

    यसैगरी प्रतिष्ठानले मेचीनग-११ निवासी एकजोडी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरिएको छ । जसमा ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

    सबै पुरस्कृत प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी गोपालकुमार बस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईं, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान गरेका थिए ।

    यसैबीच प्रतिष्ठानले मंसिर १९ गते चारआलीको सहिद दशरथ चन्द माविमा विद्यार्थी माझ गरिएको ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वक्तृत्वकला प्रतियोगिता विजेता बनेका चार जना विद्यार्थीहरुलाई पनि नगदसहित सम्मान गरेको छ ।

    वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने मेचीनगर-१० धुलाबारी माविकी जयन्ती बुढाथोकी, दोस्रो हुने दोस्रो मेचीनगर-१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई, तेस्रो हुने मेचीनगर-१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी र सान्तवना हुने मेचीनगर-९ स्थित कवि शिरोमणि माविका साजन मगरलाई सम्मान गरिएको हो ।

    प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बस्नेत, मेचीनगर-७ का वडाध्यक्ष प्रलादमणि ओली, सम्मानित व्यक्तित्व पत्रकार नकुल काजी लगायतले समाजमा योगदान गर्ने अग्रजहरुलाई खोजेर, चिनेर सम्मान गर्न सके सेवाको महत्व हुने बताएका थिए ।

    कोषाध्यक्ष आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने सचिव डम्बर देउजाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव उपेन्द्र बानियाँले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.