झापामा ३५ हजार नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार ३५ हजार ३ सय १९ जना नयाँ मतदाता थपिएसँगै झापाको कूल मतदाता संख्या ७ लाख १४ हजार ५ सय ९५ पुगेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि जिल्ला स्थित निर्वाचन कार्यालयमा जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७ सय ३३ र राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा २३ हजार ५ सय ८६ जनाको नाम दर्ता भएको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जानकारी दिए ।
Advertisement
निर्वाचन घोषणा हुनु अघि झापामा ६ लाख ७९ हजार २ सय ७६ मतदाता रहेको बताइएको छ ।







