बिर्तामोडमा अवस्थित रामचौक युवा समुहको ६ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
समुहका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।
सोही अवसरका बीच संस्थालाई सहयोग गर्ने दुईजना दाताहरुलाई सम्मान गरिएको थियो ।
त्यसरी सम्मानित हुनेहरुमा जन्मभूमि रामचोक भएपनि स्पेनलाई कर्मभूमि बनाएर बसेका धार्मिक तथा सामाजिक व्यक्ति पुरुषोत्तम भट्टराई र बिर्तामोड-१ निवासी हाल बेलायतलाई कर्मभूमि बनाएका विकास प्रसाईं रहेका छन् ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पौडेल, साहारा साकोस जेष्ठ नागरिक संस्थाका अध्यक्ष दिननाथ सिग्देल र रामचौक सामुदायिक वन अध्यक्ष भोला धिताल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष रामप्रसाद अधिकारीले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुति गरेको साधारणसभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष पर्शुराम बरालले प्रस्तुत गरेका थिए ।
समुहका सदस्य किशोर भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रमेश अधिकारीले गरेका थिए ।







