• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चन्द्रगढी सामुदायिक वनको अध्यक्षमा खतिवडा निर्वाचित


  •    संवाददाता/ आइतबार, कार्तिक २४, २०८२  

  • चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा ७०६ मतसहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतमा सीमित पार्दै खतिवडाले अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    Advertisement

    १९९५ जना मतदाता रहेको समूहको सम्पन्न निर्वाचनमा १८५७ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी खतिवडा नेकपा एमालेको समर्थनमा प्रतिष्पर्धामा थिए भने निकट प्रतिष्पर्धी मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएका थिए ।

    Advertisement

    त्यस्तै अन्य अध्यक्षका प्रतिष्पर्धीहरूमा जेनजी युवाको समर्थन पाएका राजु बरालले २९९, काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार रहेका रमेशकुमार न्यौपानेले २५५ र एमालेबाट विद्रोहमा उत्रिएका पुण्यप्रसाद पोखरेलले ४७ मतमा प्राप्त गरेका थिए ।

    यसैगरी उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिष्पर्धी इश्वरीप्रसाद रिजालले ४३७ मत ल्याए । सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिष्पर्धी रूषा पोखरेल ३२५ मतमा रोकिएकी छिन् ।

    त्यसैगरी सहसचिवमा बालकुमार राई ६१५ मतका साथ विजयी हुँदा युवराज ढकालले ४४९ मत ल्याएका छन् भने कोषाध्यक्षमा ४५५ मतका साथ मञ्जु खतिवडा अधिकारी निर्वाचित हुँदा मिरादेवी सञ्जेल अधिकारीले ४४३ मत पाएकी छन् ।

    त्यस्तै खुल्ला महिला सदस्यमा कल्पना दाहाल खतिवडा ७४७ र नुतन ढकाल ७३६ मतका साथ विजयी भएका छन् ।

    ६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नं २ को संयोजकमा एकराज भुजेल, सहसंयोजकमा चित्रकला गिरी, क्षेत्र नं ३ को संयोजकमा सूर्यबहादुर अधिकारी, सहसंयोजक सञ्जु चम्लागाई, क्षेत्र नं ४ को संयोजकमा रसत राजवंशी,सहसंयोजक सरिता राजवंशी, क्षेत्र नं ५ को संयोजकमा तोयानाथ बास्तोला, सहसंयोजकमा निर्मला पोखरेल तथा क्षेत्र नं ६ को संयोजकमा केदारबहादुर अधिकारी र सहसंयोजकमा गीताकुमारी निरौला कोइराला निर्वाचित भएका छन् ।

    ९ नम्वर क्षेत्रमा संयोजक भिमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.