झापामा इन्टरनेट विस्तारका लागि केबलको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ का १९ वर्षीय आशिष खनाल रहेका छन् ।
कमल गाउँपालिका-६ मंगलबारेमा फस्ट लिंक (वाईफाई) कम्पनीमा काम गर्ने खनाल कात्तिक ११ गते बिजुलीको पोलमा चढी केबलको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर भुइँमा झरेका थिए ।
Advertisement
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो । नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएको भन्दै उपचार सम्भव नहुने जानकारी परिवारलाई गराएका थिए । त्यसपछि घर फर्काउने क्रममा बुधबार उनको मृत्यु भएको हो ।







