• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लोकतान्त्रिक शासन ब्यवस्थाको संरक्षणका लागि कांग्रेस सरकारको नेतृत्व गर्न तयार छ : पूर्व महामन्त्री सिटौला


  •    संवाददाता/ सोमबार, फागुन २४, २०७७  

  • विर्तामोड । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक शासन ब्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तथा निर्वाचनमा जान तयार रहेको संकेत गर्नुभएको छ ।

    नेपाल महिला संघ झापाको आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित १११ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिटौलाले यस्तो संकेत गर्नुभएको हो ।

    Advertisement

    ‘प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेको अवस्थामा र संसदले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न नसके मुलुक निर्वाचनमा जान्छ’–उहाँले भन्नुभयो–‘नेपाली कांग्रेस पाँच बर्षसम्म नै संसद चलोस् भन्ने चाहन्छ, जनताको म्याण्डेट बमोजिम सरकारमा जाने हाम्रो इच्छा छैन । तर संविधानको संरक्षण, लोकतन्त्रको रक्षा र न्यायिक सर्वोच्चताका लागि कांग्रेस निर्वाचन वा सरकारको नेतृत्व दुवैका लागि तयार छ ।’

    Advertisement

    सर्वोच्च अदालतको नेकपा पार्टी सम्बन्धी निर्णयले प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने र लिन नसकेको अवस्थामा बहुमत वा सहमतिका आधारमा नयाँ सरकार गठन गर्ने प्रावधान संविधानमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले महिलाहरुले आफ्नो अधिकार रक्षाका लागि आवाज उठाएको शतक नाघिसक्दा पनि पुरुष समान अधिकार प्राप्ति भइनसकेको टिप्पणी गर्दै पार्टीको मेरुदण्डका रुपमा रहेका महिलाको हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गर्न जोडदार माग गर्नुभयो ।

    कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले आरक्षण ब्यवस्थामा मात्रै भर नपरी प्रतिष्पर्धामा उत्रन सक्ने क्षमता अभिबृद्धि गर्न महिलाहरुलाई आह्वान गर्दै संविधानले महिलालाई सतप्रतिशत स्थान दिएको उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले महिला र पुरुषको समान सहभागिता र अवसरले मात्रै आर्थिक समृद्धि र देशको विकास सम्भव हुने बताउनुभयो ।

    कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय शोभा पालुङ्वा र गोमा भटराई, नेपाली कांग्रेस पूर्व उपसभापति देउमान थेवे, नेपाली कांग्रेस झापाका सदस्य मेनुका बुढाथोकी, नेपाली कांग्रेस महिला विभाग प्रमुख रामकुमारी पौडेल, नेपाल महिला संघ पूर्व सभापति यज्ञकुमारी सिटौला लगायतले मन्तब्य राख्नुभएको थियो ।

    नेपाल महिला संघ झापा सभापति सुशिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने महिलाहरु हस्तमाया भण्डारी, हेमकुमारी घिमिरे, पूर्णकुमारी घिमिरे, उद्यमी महिला सिता बास्कोटा लगायत १० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    सांस्कृतिक संघका जिल्ला सदस्य कमला मैनालीले नारी दिवस सम्बन्धी गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत महिला संघ झापाका उपसभापति चन्द्रकला भण्डारी र सञ्चालन जिल्ला सचिव टिका मैनालीले गर्नुभएको थियो ।

    कार्यक्रममा पाँचवटै निर्वाचन क्षेत्रका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काेशी प्रदेश सभाकाे बैठक नयाँ भवनमा
    नागरिकले अझै सम्झने निवर्तमान सभामुख घिमिरेको त्यो संवेदनशील अभ्यास
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.