‘एकका लागि एक अभियान’ले दमक इलाका प्रहरी कार्यालयलाई करिब दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमबीच खाट २० थान, कम्प्युटर दुई सेट, प्रिन्टर एक सेट र झुल २५ थान हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरीले सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अभियान सदस्यहरू नवीन गट्टानी, हेम खड्का, एकराज गिरी, राजेन्द्र चौलागाईं, बिनोद पाण्डे, इप्रका तथा ट्राफिक कार्यालय पुनर्निर्माण समितिका गोपाल गुरागाईं, डीएसपी राम तिम्सिना, खोम बगाले, प्रेम कोइराला, चुडामणि ओझा, रोशन गौतम र याम श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
Advertisement







