सरकारले जेनजी युवा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरू गरेको छ ।
यही परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरूले सहज उपचार पाउने गृह मन्त्रालयले जनाएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज ट्रमा सेन्टरमा गएर घाइतेहरूलाई परिचयपत्र वितरण सुरू गरेका हुन् । भोलिदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिचयपत्र बाँड्न सुरू हुनेछ ।
Advertisement
यस्तै सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड ‘जेनजी क्लिनिक’ स्थापना गरेको छ । जेनजी आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्थासमेत मिलाएको मन्त्रालयले जनाएको छ ।
घाइतेहरूको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा कार्यदल गठन हुनेछ ।







