• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राजनीतिक, सामाजिक, आर्थिक लगायत सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य


  •    संवाददाता/ सोमबार, फागुन २४, २०७७  

  • बिर्तामोड। समानताका लागि राजनीतिक, सामाजिक, आर्थिक लगायत सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य भएको बताइएको छ ।

    महिलाको अर्थपूर्ण सहभागिता बिना समानताको कुरा अर्थहीन हुने भन्दै सरोकारवालाले हरेक क्षेत्रमा महिलाको समान प्रतिनिधित्वसँगै निर्णय र नीति–निर्माण तहमा उनीहरुको अर्थपूर्ण सहभागिता अनिवार्य भएको निष्कर्ष निकालेका छन् ।

    Advertisement

    १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ संवाद समूह, महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जाल कचनकवलले सोमबार बिर्तामोडमा आयोजना गरेको संवादमा सहभागिहरुले त्यस्तो निष्कर्ष निकालेका हुन् ।

    Advertisement

    ‘समानताका लागि महिलाको अर्थपूर्ण सहभागिता, समावेशीकरणको सवाल र सरोकारवालाको दायित्व’ विषयमा भएको संवादमा कान्तिपुरका पत्रकार अर्जुन राजवंशीले नेपालमा महिलाको अवस्थाबारे तथ्यांकगत चित्र प्रस्तुत गरेका थिए ।

    मन्त्रिमण्डल, राजनीतिक दल, निजामति सेवा लगायत सबै क्षेत्रमा महिलाको सहभागिता तथ्यांकमा अत्यन्त न्यून देखिएको छ । कार्यक्रमकी अध्यक्ष प्रदेश नं. १ कि सांसद तथा पूर्व राज्यमन्त्री जसमाया गजमेरले महिलाको तथ्यांकगत सहभागिता वृद्धिमात्र नभई अर्थपूर्ण सहभागिताका लागि अब सबैले आ–आफ्नो ठाउँबाट खबरदारीका साथ अग्रसर हुनुपर्ने जोड दिइन् ।

    संवादमा सहभागी सरोकारवालाले साझा प्रतिबद्धतासहित सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण समेत गराएका छन् । मुलुकमा व्याप्त क्षेत्रीय, भाषिक, लैङ्गिक लगायत सबैखाले विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय स्थापित गर्न आ–आफ्नो ठाउँबाट अर्थपूर्र्ण महिला सहभागिताको पहल गर्ने उनीहरुको प्रतिबद्धता छ ।

    साथै उक्त कार्यका लागि उनीहरुले सरकार लगायत सबैले सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।

    उनीहरुले छुट्टाछुट्टै समूहगत रुपमा छलफल गरी हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सरकार, राजनीतिक दल, संघ–संस्था तथा आफू स्वयम्ले गर्नुपर्ने कामको निष्कर्ष प्रस्तुत गरेका थिए ।

    महिलाको शिक्षा, क्षमता अभिवृद्धि, आर्थिकरुपमा आत्मनिर्भरतादेखि राजनीतिक दल र मन्त्रिमण्डलमा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न उनीहरुको जोड छ ।

    महिला सहभागिता अबका दिनमा ५० प्रतिशतमा पु¥याउनुपर्ने समेत सहभागीको जोड थियो । पत्रकार राजवंशीसहित अधिवक्ता खगेन्द्र खरेल, अधिवक्ता कविता शर्मा लगायतले सहजीकरण गरेको कार्यक्रममा कुमार चुडालले स्वागत गरेका थिए ।

    संवादमा विभिन्न राजनीतिक दल, स्थानीय सरकार, सञ्चार क्षेत्र, अधिकारकर्मी, सामाजिक संघ–संस्था, एकल महिला, अपाङ्गता भएकाहरु लगायतका क्षेत्रबाट सहभागिता रहेको थियो ।

    छलफलमा लक्ष्मी न्यौपाने सरु, संगीता रौनियार, रञ्जु प्याकुरेल, निता घतानी, निश्चलता लावती, शारदा रिजाल, राधा सुब्बा, कञ्चना सिटौला, नैनकला भट्टराई, स्वस्तिका आचार्य, सनम राजवंशी, शर्मिला राजवंशी, सुष्मा राजवंशी, अनिता कन्दङ्वा, राधिका चुडाल हुमागाई, तिलरुपा श्रेष्ठ, भिमा शिवाकोटी, रेजिना गौतमले विभिन्न सुझाव राखेका थिए ।

    त्यस्तै पार्वता विमली, उर्मिला खरेल, रविना मैनाली, समिरा मैनाली, तारा राई, सोमनाथ भट्टराई, मनिता सिटौला, राजेन्द्र उप्रेती, अनिल सुवेदी, रोजिना पाण्डे, पूजा कँडेल, सरिता दाहाल, सृजना बराल, भीमकुमारी श्रेष्ठ, प्रेमा भट्टराई, हेमला चौधरी, जमुना खरेल, बिष्णु खरेल लगायतले समेत महिलाको अर्थपूर्ण सहभागिताका लागि सरोकारवालाले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा  सुझाव राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.