झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभाका अवसरमा पत्रकार उद्धव पुरी सम्मानीत भएका छन् ।
बिर्तामोडमा शनिवार आयोजित संस्थाको १५ औं साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रममा शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक पुरीलाई नगद १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।
विगत लामो समयदेखि झापामा रहेर पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका समाचारलाई उजागर गर्दै जन समुदाय समक्ष सूचना प्रवाह गरेको उच्च मूल्याङ्कन गर्दै पत्रकार पुरीलाई सम्मान गरेको संस्थाले जनाएको छ ।
असोज ३ गतेदेखि सुरु भएको इकाइगत साधारणसभा असोज ९ गते सम्पन्न भएको थियो भने आज अन्तिम माइन्यूट प्रमाणीकरण सभामा पत्रकार पुरीलाई सम्मान गरेको गरिएको थियो । संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्कीलगायतले पत्रकार पुरीलाई सम्मान गरेका थिए ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै इकाइगत साधारण सभामा ४६ वटा सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एक जना उत्कृष्ट ऋणीसहित ९२ जनालाई सम्मान गरिएको बताए ।







