राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार दिउँसो अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपतिबाट मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए ।
Advertisement
सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकेको छ। निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो त्यसैले अध्यादेश ल्याएर उक्त कानुन संशोधन गरिएको हो ।
अध्यादेश जारी गर्नुअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेकी थिइन् ।







